जूमे तालिमको दर्शन

बृधि गर्ने चेलाहरुद्वारा संसारलाई संतृप्त गर्न
हाम्रो पुस्तामा

welcome-graphic

हाम्रो मूल रणनीति

पवित्रता, प्रार्थना, तालिम संतृप्ति, मण्डली संतृप्ति

पवित्रता, आज्ञाकारिता र प्रेम

हामी बृधि गर्न लायक चेला हुन आवश्यक छ ।

Jesus Measurement

येशू हाम्रो नाप हुनुहुन्छ ।

तपाईँ होइन, म होइन । इतिहास होइन । आदर्श होइन । संस्कार होइन । येशू, केवल येशू ।

उहाँ कसरी जिउनुभयो, उहाँले के भन्नुभयो, उहाँले कसरी प्रेम गर्नुभयो, सबै कुरा । यसमा, हामी येशूको लागि तत्काल, कट्टरपन्थी, महँगो आज्ञाकारिताद्वारा चिन्हित हुने आकांक्षा गर्छौं, हाम्रो अगाडि आएका विश्वासका नायकहरू जस्तै ।

येशू नाप हुनुहुन्छ र हामी उहाँ जस्तै हुनको लागि हाम्रो आशा उहाँको आत्मामा छ । जब हामीले हाम्रो जीवनमा उहाँको राज्यको फलहरु र हाम्रा मित्रहरुको प्रेम देख्छौँ, यो उहाँको आत्मा हामीद्वारा काम गर्नुभएको कारणले हुनेछ ।

असाधारण प्रार्थना

असाधारण प्रार्थनाले इतिहासको प्रत्येक चेला बनाउने क्रान्तिलाई अगि बढाएको छ ।

Extraordinary Prayer

तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ । (याकूब ४:२) यदि हामी क्रान्ति चाहन्छौँ भने हामीले माग्नुपर्छ ।

तालिम संतृप्ति

 (1 तालिम ÷ जनसंख्या)

१ तालिम

Training Saturation

प्रत्येक ५,००० मानिसहरु (उत्तर अमेरिका)
प्रत्येक ५०,००० मानिसहरु (विश्वव्यापी)

बृधि गर्नु बाइबलीय अवधारणा हो । बृधि गर्ने सिद्धान्तसम्बन्धि सरल तालिमले नै विश्वासीहरुलाई निष्फलताबाट फलदायी बनाउन सक्छ ।

प्रायः प्रत्येक्ष तालिमहरु उत्तम हुन्छन् । तर तालिम आवश्यक भएका मानिसहरु यति छरिएका हुन्छन् कि प्रत्येक्ष तालिम सम्वभ हुँदैन । जूमे तालिम अनलाइन, जीवन जिउने क्रममा हुने, माग भएको तालिम हो जसले मानिसहरुको बृधिसम्बन्धि विचारमा प्रतिमान परिवर्तन ल्याउँछ ।

हामीलाई लाग्छ कि मण्डली भएका ठाउँहरुमा चेला बनाउने क्रन्ति देख्नु अघि तालिमको क्रान्ति हुनुपर्छ ।

साधारण मण्डलीहरुको संतृप्ति

 (१ तालिम ÷ जनसंख्या)

२ साधारण मण्डलीहरु

Church Saturation

प्रत्येक ५,००० मानिसहरु (उत्तर अमेरिका)
प्रत्येक ५०,००० मानिसहरु (विश्वव्यापी)

एकै ठाउँमा धेरै मण्डलीहरु हुनु आशिष् हो, धेरै ठाउँहरुमा धेरै मण्डलीहरु हुनु अझ ठूलो आशिष् हो, कुनै मण्डली नै नभएको ठाउँमा मण्डली पुग्नु सबैभन्दा ठूलो आशिष्हरुमध्ये एक हो ।

“आफ्नो भरोसा योजना बनाउनू, आफ्नो योजनामा भरोसा नगर्नू” यस भनाई जस्तै, हामीलाई थाहा छ कि हरेक भाषा, जाति, राष्ट्रको मानिसहरुको विश्वासीहरु आत्मिक परिवारमा होस् भन्ने परमेश्वरको इच्छा हो । सम्बन्ध पुनस्र्थापनाको कामको लागि परमेश्वरको सहकर्मी हुन उहाँले हामीलाई पनि बोलाउनुभएको छ । तसर्थ, १ तालिम र २ मण्डलीहरुको हाम्रा लक्ष्यहरु, यो पूरा गर्ने सक्ने व्यक्तिमा भएको हाम्रो भरोसाबाट आउँदछ ।