जूमेमा धेरै सोधिने प्रश्नहरु


यो १०० प्रतिशत निशुल्क हो ?

हो । त्यहाँ कुनै प्रिमियम संस्करणहरू छैनन्, कुनै परीक्षण अवधिहरू छैनन्, उत्पादनहरूको कुनै बिक्रीहरू छैनन्। हामीले सित्तैमा प्राप्त गरेका छौं । सित्तैमा दिन्छौं ।

यस तालिम लिन तपाईँको उमेर कति हुनुपर्छ ?

१३ बर्षदेखि माथिकाले यस तालिम लिनको लागि हामी सल्लाह दिन्छौँ । यदि तपाईँको कोही बच्चा १३ बर्ष भन्दा सानो हुनुहुन्छ र यो फाइदाजनक छ जस्तो लाग्छ भने उहाँ पनि सहभागी हुन सक्नुहुन्छ ।

यदि कसैलाई सहभागी हुन मन छ तर इमेल ठेगाना छैन भने नि ?

लग इन गर्न र वेबसाइटको विशेषताहरु सम्म पुग्नको लागि झुण्डमा एक न एक जनाको इमेल हुनुपर्छ । त्यसपछि झुण्डसँग भएर सहभागी हुनेहरुका लागि इमेल ठेगनाको आवश्यक पर्दैन ।

तालिम सुरु हुन अगि पाठहरु कसरी सारशंमा हेर्ने ?

“सारशं” खण्ड हेर्नुहोस् । यसमा तालिमको अवधारणाहरु, उपकरणहरु, र प्रत्येक सेसनमा झुण्डमा अभ्यास गरिने कुराहरुको हाइलाइट दिइएको छ ।

तालिमको विषयवस्तु के हो ?

तपाईंले विषयसूची खण्डमा विषयवस्तुको सारशं हेर्न सक्नुहुन्छ, वा निर्देशिका डाउनलोड गर्नुहोस् र तालिमको विषयवस्तु समीक्षामा हेर्नुहोस्, वा लग इन गर्नुहोस् र झुण्ड सुरु गर्नुहोस् तर सेसनको पहिलो पृष्ठमा “अनुसन्धाना सेसन“ छनौट गर्नुहोस् । यसले तपाइँलाई पूरा भएको चिन्ह लगाईबिना नै तालिमको विषयवस्तुलाई हेर्न दिनेछ ।

तालिम सुरु गर्नु अगि मलाई प्रिन्ट गरिएको निर्देशिका चाहिन्छ । कसरी गर्न सक्छु ?

तपाईँले प्रत्येक पृष्ठको माथि “बारेमा” भित्र निर्देशिका पाउन सक्नुहुन्छ ।

मैले भुलवश अर्को बटन थिचेछु म फेरि पहिलाकै पृष्ठमा गएर भिडियो हेर्न चाहन्छु । मैले कसरी गर्ने ?

सेसनमा एताउता गर्न सेसनको पृष्ठको तल भएका “अघिल्लो” र “ अर्को” बटनहरु प्रयोग गर्नुहोस् । डयासबोर्डबाट पनि सेसनको शंख्यामा थिचेर सिधै चाहेको सेसनमा जान मिल्छ ।

अरु धेरै तालिमहरु हुँदाहुँदै जूमे तालिम किन आवश्यक छ त ?

अनलाइन भन्दा प्रत्येक्ष भएको तालिम प्रभावकारी हुन्छ । कहिले पनि अनलाइन तालिम प्रत्येक्ष हुने तालिमको बदलामा हुनु हुँदैन । दुर्भाग्यवश, पहुँचको सीमितता, जागरूकता, उपलब्धता, समयतालिका र अन्य धेरै कारणहरूले गर्दा, प्रत्यक्ष तालिम कार्यक्रमहरूमा पहुँच गर्न सक्ने र हुनै पर्ने धेरै मानिसहरूसँग पहुँच हुँदैन । त्यस्ता व्यक्तिहरुलाई जूमेले त्यस्ता व्यक्तिहरूको लागि उच्च-गुणस्तरको प्रविष्टि स्तर विकल्प प्रदान गर्ने प्रयास हो । यसले उपलब्ध अरु धेरै प्रत्यक्ष तालिमहरुका जस्तै सिद्धान्तहरू प्रयोग गर्दछ । साथै, एक पटक जूमे तालिम लिइसकेपछि उनीहरुले जूमेको प्रयोगद्दारा सजिलैसँग आफ्नै झुण्ड सुरु गर्न सक्छ । चेला बनाउने सिद्धान्तहरु वृद्धि गर्ने यो शक्तिशाली मौका हो ।

जूमेको लागि विश्वासको जग के हुनुपर्छ ?

जूमे कुनै सँस्थाद्दारा चल्ने नभएको कारणले यसको लागि कुनै पनि प्रकारको औपचारिक विश्वासको जग चाहिँदैन । हामी सबैले लिन मिल्छ तर लसान करार (Lausanne Covenant) मा सहमत हुनुपर्छ । Read the Covenant

के म एक्लैले यो तालिम लिन मिल्छ ?

मिल्दैन । सेसनहरुमा विभिन्न अभ्यासहरु छन् जसलाई पूरा गर्नको लागि अरु सहभागीहरुको खाँचो हुन्छ । प्रत्येक सेसनमा ३-४ जना हुनुपर्छ । होइन भने तपाईले तालिमको पूर्ण अनुभव पाउनसक्नुहुन्न ।

तालिम कसको लागि उपयोगी हुन्छ ?

ख्रीष्टमा विश्वास गर्ने १३ वर्षभन्दा माथिका र पढ्न सक्ने व्यक्तिहरुको लागि यो तालिम उपयोगी हुन्छ । भविष्यमा पढ्न नसक्ने व्यक्तिहरुको लागि पनि उपयोगी तालिम आउन सक्छ तर यो तालिम चाहिँ होइन । हामी विश्वास गर्छौँ कि यस वर्गमा पर्ने प्रत्येक जना यस तालिम लिन सक्नुहुन्छ ।

जूमेको स्वामित्व कोसँग छ ?

जूमेको स्वामित्व कुनै सँस्थासँग छैन । यो उहाँको इच्छा जस्तो स्वर्गमा छ यस पृथ्वीमा पूरा नभएसम्म संसारको हरेक जातीकोमाझमा चेला बनाउँदै ख्रीष्टको आज्ञा पालना गर्न चाहने मानिसहरुका समुह हो । यस परियोजनाको लागि विचार जोनाथन परियोजना अगुवापनको बैठकबाट उत्पन्न भएको थियो तर पछि यो त्यही झुण्डमा मात्र सिमित रहेन । जोनाथन परियोजना संसारभरि चेलाहरू बढाउन प्रतिबद्ध गरेका मानिसहरूको एक संघ हो।

योजना गरिएका तीन चरणहरु के के हुन् ?

चरण १:
पहिलो चरण अमेरिका र अग्रेंजीमा केन्द्रित छ । देशमा भएको ५००० मानिसहरुमा चारदेखि बाह्र जनालाई तालिमको लागि उत्प्रेरित गर्ने प्राथमिक लक्ष्य हो । प्रत्येक झुण्डलाई दुई वटा पहिलो पुस्ताको मण्डलीहरु सुरु गर्न चुनौती दिइन्छ जसले पुनर्वृद्धि गर्छ । अमेरिको लागि लक्ष्य यही हो कि ६५००० भन्दा बढी अग्रेंजी भाषाको झुण्डहरु र १३०,००० मण्डलीहरु सुरु गर्ने ।

चरण २:
दोश्रो चरण, चरण १ का मण्डलीहरुलाई पुनर्बृधि प्रक्रियामा लान र विश्वको प्रमुख भाषाहरुमा यो तालिम उपलब्ध गराउनमा केन्द्रित छ । यो परियोजना निम्न भाषाहरुमा सुरु हुँदैछः अहमरिक, अरबी, बंगाली, भोजपुरी, बर्मी, चाइनिज (मन्डारिन), चाइनिज (क्यान्टोनिज), फारसी, फ्रेन्च, जर्मन, गुजराती, हौसा, हिन्दी, इन्डोनेसियाली, इटालियन, जापानी, कन्नड, कोरियन, मैथिली, मलयालम, मराठी, उडिया पञ्जाबी (पूर्वी), पन्जाबी (पश्चिमी), पोर्चुगिज, रुसी, सोमाली, स्पेनिश, स्वाहिली, तमिल, तेलुगु, थाई, टर्की, उर्दू, भियतनामी, योरुबा ।

चरण ३:
तेस्रो चरणले चरण १ र चरण २ का मण्डलीहरूलाई हरेक ठाउँमा, प्रत्येक व्यक्ति झुण्डको बीचमा चेलाहरू बनाउने दृष्टिकोणका साथ विश्वव्यापी रूपमा परिचालन गर्न केन्द्रित गर्दछ । जूमे परियोजना हाम्रो पुस्तामा वृद्धि गर्ने चेलाहरुद्दारा विश्व संतृप्त गर्न को लागी अस्तित्वमा छ । हाम्रो उद्देश्यलाई गति दिन, हामीले संयुक्त राज्य अमेरिका बाहिरका प्रत्येक ५०००० व्यक्तिहरू बीचमा जुमे तालिम झुण्ड र दुईवटा साधारण मण्डलीहरूको लक्ष्यतर्फ रणनीतिक रूपमा काम गर्न टोलीहरूलाई अनुमति दिने निर्देशन समाधान विकास गरेका छौं र प्रदान गर्नेछौं ।


यसलाई किन जूमे भनिएको ?

जूमेको अर्थ खमिर हो । मत्ती १३ः३३ मा येशूले भन्नुभयो,“स्‍वर्गको राज्य खमिरजस्‍तो हो, जो एउटी स्त्रीले पच्चीस किलग ्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।”

तालिम कुन कुन भाषाहरुमा अनुवाद हुनेछ ?

सुरुमा निम्न भाषाहरुमा अनुवाद हुनेछ अनि इच्छा अनुसार थप भाषाहरुमा पनि अनुवाद गर्न सकिनेछः अरबी, बंगाली, भोजपुरी, बर्मी, चाइनिज (मन्डारिन), चाइनिज (क्यान्टोनिज), फारसी, फ्रेन्च, जर्मन, गुजराती, हौसा, हिन्दी, इन्डोनेसियाली, इटालियन, जापानी, कन्नड, कोरियन, मैथिली, मलयालम, मराठी, उडिया, पञ्जाबी ( पूर्वी), पञ्जाबी (पश्चिमी), पोर्चुगिज, रुसी, स्पेनिश, स्वाहिली, तमिल, तेलुगु, थाई, टर्की, उर्दू, भियतनामी, योरुबा ।सबैभन्दा नयाँ अपडेट गरिएको प्रगति हेर्न ␣ मा जानुहोस्भाषा अनुवाद प्रगति

प्रशिक्षार्थीहरुले सुरु गरेका झुण्डहरु कसरी समन्वय वा सगंठित हुन्छन् ?

भरपर्छ । यदि प्रशिक्षार्थीहरू कुनै विशेष मण्डली वा सम्प्रदाय वा संजालबाट बाहिर आएका छन् भने नवगठित झुण्डहरूको लागि ती अवस्थित मण्डलीहरू, सम्प्रदायहरू, वा संजालहरूसँग जोडिनु सबै भन्दा स्वाभाविक कुरा हो। यद्यपि, यदि चाहियो भने, सुरु हुने झुण्डहरूबाट नयाँ संजाल बनाउन सकिन्छ । तेस्रो विकल्प नयाँ झुण्हरूका लागि सरल मण्डलीहरूको पहिले नै भइरहेको संजालहरूसँग जोडिन सक्छन् । जूमेको विकासमा संलग्न धेरै व्यक्तिहरू त्यस्ता सञ्जालहरूबाट आउँछन्, चाहेको खण्डमा हामीले संजालहरुमा जोडिन मद्दत गर्न सक्छौं ।

मेरो तीन महिने योजना कसले हेर्न मिल्छ ?

तपाईँले मात्रै हेर्न मिल्छ तर तपाईँले आफ्नो झुण्डमा लिङ्क गर्नुहुन्छ भने तपाईँको झुण्डको अगुवा र सहअगुवाले देख्न सक्छन् । तपाईँको योजना कोचले पनि देख्न सक्नेछ । यदि तपाईँलाई कोचको आवश्यक छैन भने तपाईँले आफ्नो प्रोफाइलमा जानुभएर “कोचिङ् अस्विकार” मा थिच्न सक्नुहुन्छ ।

के मैले मेरो तीन महिने योजना प्रिन्ट गर्न सक्छु ?

सक्नुहुन्छ तर पहिला आफ्नो योजनालाई सेभ गर्नुहोस् अनि तपाईँको योजनाको पृष्ठको तल जानुभएर “सेभ गरिएको योजना प्रिन्ट गर्नुहोस्” मा थिच्नुहोस् ।

मैले मेरो तीन महिने योजनालाई सम्पादन गर्न सक्छु ?

गर्न सक्नुहुन्छ, तपाईँ जुनै समयमा पनि आफ्नो तीन महिने योजनामा गएर सम्पादन गर्न सक्नुहुन्छ । परिवर्तनहरु गर्नुभएपछि “सेभ” गर्न नभुल्लुहोला ।

के जूमेमा झुण्डको अरु व्यक्तिहरुसँग म कुरा गर्न सक्छु ?

सक्नुहुन्न । झुण्डको प्रत्येक जनाले लग इन बनाउनुहोस् र जूमे झुण्डमा जोडिनुहोस् । यसरी झुण्डको प्रत्येक व्यक्तिले त्यहाँ भएका सम्पूर्ण कुराहरु जतिखेर पनि हेर्न सक्नेछन् । अनि थप जानकारी सम्बन्धि कुराकानी गर्नको लागि कुनै माध्यम चलाउन सक्छन् (iMessage, WhatsApp, Facebook group,) मेसेज, हवाट्सयाप, फेसबुक ग्रुप)


जुमे परियोजनाको लक्ष्यहरु:

जूमेको अर्थ ग्रीक भाषामा खमीर हो । मत्ती १३:३३ मा येशूले भन्नुभयो , “स्‍वर्गको राज्य खमिर जस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।” साधारण सामाग्रीहरुको प्रयोग गर्दै साधारण मानिसहरुले पनि कसरी परमेश्वरको राज्यमा असाधारण प्रभाव पार्न सक्छन् भन्ने चित्रण देख्न सक्छौँ । जूमेले साधारण मानिसहरुलाई हाम्रो पुस्तामा विश्वासीहरुलाई संसारभरी वृद्धि गर्ने चेलाहरुद्दारा भर्नको लागि सुसज्जित पार्ने लक्ष्य राख्दछ ।

जूमेले सहभागीहरूलाई आधारभूत चेला बनाउने र साधारण मण्डली सुरु वृद्धि गर्ने सिद्धान्तहरू, प्रक्रियाहरू र अभ्यासहरूमा लैजान अनलाइन प्रशिक्षण प्लेटफर्म प्रयोग गर्दछ ।

भाषा


English English
العربية Arabic
العربية - الأردن Arabic (JO)
Sign Language American Sign Language
भोजपुरी Bhojpuri
বাংলা Bengali (India)
Bosanski Bosnian
粵語 (繁體) Cantonese (Traditional)
Hrvatski Croatian
فارسی Farsi/Persian
Français French
Deutsch German
ગુજરાતી Gujarati
Hausa Hausa
हिंदी Hindi
Bahasa Indonesia Indonesian
Italiano Italian
ಕನ್ನಡ Kannada
한국어 Korean
کوردی Kurdish
ພາສາລາວ Lao
𑒧𑒻𑒟𑒱𑒪𑒲 Maithili
國語(繁體) Mandarin (Traditional)
国语(简体) Mandarin (Simplified)
मराठी Marathi
മലയാളം Malayalam
नेपाली Nepali
ଓଡ଼ିଆ Oriya
Apagibete Panjabi
Português Portuguese
русский Russian
Română Romanian
Slovenščina Slovenian
Español Spanish
Soomaaliga Somali
Kiswahili Swahili
தமிழ் Tamil
తెలుగు Telugu
ไทย Thai
Türkçe Turkish
اُردُو Urdu
Tiếng Việt Vietnamese
Yorùbá Yoruba
More languages in progress