सेसन 1

जूमेमा स्वागत छ
डाउनलोड गर्नुहोस्

यस सेसनको लागि उमा मा र्हेर्न सक्नुहुन्छ तर पछिको सेसनहरुको लागि झुण्डको प्रत्येक सदस्यसँग सेसनहरुको प्रिन्ट गरिएको सामाग्रीहरु निश्चित रुपमा हुनुपर्छ ।

मार्गनिर्देशिका डाउनलोड गर्नुहोस्

झुण्डको प्रार्थना (मिनेट)
प्रार्थनाद्दारा सुरु गर्नुहोस् । पवित्र आत्माबिना आत्मिक विचार र रुपान्तरण असम्भव छ । झुण्डमा केही समय लिएर सेसनमा डोर्याउनको लागि उहाँलाई निम्त्याउनुहोस् ।

हेर्ने र छलफल गर्ने (१५ मिनेट)
हेर्ने
परमेश्वरले साधारण काम गर्ने साधारण मानिसहरुलाई ठूलो प्रभाव पार्नको लागि प्रयोग गर्नुहुन्छ । परमेश्वरले कसरी काम गर्नुहुन्छ यस भिडियोमा हेर्नुहोस् ।
छलफल गर्नुहोस्
उहाँलाई पछ्याउने प्रत्येकले उहाँको महान आज्ञा पालना गरुन् भन्ने चाहनुहुन्छ भने किन थोरैले मात्रै वास्तवमा चेला बनाउँछन् ?

हेर्ने र छलफल गर्ने (१५ मिनेट)
हेर्ने
चेला के हो र कसरी बनाउने ? येशूलाई पछ्याउने व्यक्तिलाई उहाँले महान आज्ञामा भन्नुभएको कुरा कसरी सिकाउने- उहाँको सबै आज्ञाहरु पालना गर्ने ?
छलफल गर्नुहोस्
  1. मण्डलीको बारेमा सोँच्दा तपाईँको विचारमा के आउँछ ?
  2. मण्डलीप्रतिको तपाईँको उक्त सोँच र भिडियोमा वणर्न गरिएको साधारण मण्डलीमा के फरक छ ?
  3. तपाईँलाई कुन चाहिँ वृद्धि हुन सजिलो हुन्छ जस्तो लाग्छ र किन ?

हेर्ने र छलफल गर्ने (१५ मिनेट)
हेर्ने
हामी सास भित्र लिन्छौँ । हामी सास बाहिर फाल्छौँ । हामी जिवित छौँ । आत्मिक श्वास पनि त्यस्तै हो ।
छलफल गर्नुहोस्
  1. परमेश्वरको आवाज सुन्न र चिन्न किन महत्वपूर्ण छ ?
  2. परमेश्वरलाई सुन्नु र प्रतिक्रिया दिनु सास फेर्नु जस्तै हो ? किन हो र किन होइन ?

सुन्नु र सँगै पढ्नु (३ मिनेट)
पढनु

एस.ओ.ए.पि.एस बाइबल अध्ययन

परमेश्वर सँगको व्यीक्तगत सम्बन्धमा र हाम्रो वरीपरी उहाँले गर्नुहुने कामहरुमा उहाँप्रति आज्ञाकारिता हुनुमा उहाँबाट नियमित सुन्नु एक प्रमुख तत्व हो ।

जूमे निर्देशिकामा एस.ओ.ए.पि.एस बाइबल अध्ययन खण्डमा भएको अडियो सुन्नुहोस् ।

सुन्नु र सँगै पढ्नु (३ मिनेट)
पढनु

जवाफदेहीता झुण्डहरु

बाइबलले भन्दछ येशूलाई पछ्याउने प्रत्येक जनाको उसले के गर्छ र के भन्छ र के सोँच्छ भन्ने कुराको लेखा लिइन्छ!

जूमे निर्देशिकामा भएको जवाफदेहिता झुण्डको अडियो सुन्नुहोस् ।

अभ्यास (४५ मिनेट)
समुह विभाजन
एउटै लिङ्गको व्यक्तिहरुका दुई वा तीन जनाको झुण्डमा विभाजन हुनुहोस् ।
बाँड्नुहोस्
अबको ४५ मिनेट जवाफदेहीता प्रश्नहरु सँगै छलफल गर्दै बिताउनुहोस् - तपाईँको जूमे निर्देशिकाको सूची २ “ जवाफदेहीता झुण्डहरु“ जूमे निर्देशिका.

अगाडि हेर्ने

बधाई छ तपाईँले सेसन १ पूरा गर्नुभएको छ

अर्को सेसनको तयारीको लागि लिनुपर्ने चरणहरु निम्न अनुसार छन्
आज्ञा पालना गर्ने
अहिले र तपाईँहरुको अर्को भेटसम्म एस.ओ.ए.पि.एस बाइबल अध्ययन अभ्यास गर्न सुरु गर्नुहोस् । दिनको कम्तिमा पनि एक पटक ५-७ पढ्नुहोस् । एस.ओ.ए.पि.एस ढाँचामा दैनिक बाइबल अध्ययनको विवरण राख्नुहोस् ।
बाँड्नुहोस्
यस सेसनमा सिक्नुभएका कुराहरुका प्रयोगले तपाईँले कोसँग जवाफदेहीता झुण्ड सुरु गर्नुभएको चाहनुहुन्छ समय लिएर परमेश्वरसँग सोध्नुहोस् । त्यस व्यक्तिको नाम आफ्नो झुण्डलाई बताउनुहोस् र जवाहफदेहीता झुण्ड सुरु गर्ने र तपाईँसँग साप्ताहिक रुपमा भेट्ने सम्बन्धि त्यस व्यक्तिलाई सम्पर्क गर्नुहोस् र बताउनुहोस् ।
प्रार्थना गर्नुहोस्
परमेश्वरमा तपाईँ आज्ञाकारी हुन सक्नुभएको होस् र तपाईँको र तपाईँको वरीपरीको व्यक्तिहरुका जीवनमा परमेश्वरलाई काम गर्नुहुनको लागि निमन्त्रणा गर्नुहोस् ।
जूमे परियोजना
तपाईँको एस.ओ.ए.पि.एस बाइबल अध्ययनको फोटो खिच्नुहोस् र सामाजिक संजालमा शेयरगर्नुहोस् ।