जुमे तालिमको बारेमा
जूमेले सहभागीहरूलाई आधारभूत चेला बनाउने र साधारण मण्डली सुरु वृद्धि गर्ने सिद्धान्तहरू, प्रक्रियाहरू र अभ्यासहरूमा लैजान अनलाइन प्रशिक्षण प्लेटफर्म प्रयोग गर्दछ ।
जुमे परियोजनाको लक्ष्यहरु:
जूमेको अर्थ ग्रीक भाषामा खमीर हो । मत्ती १३:३३ मा येशूले भन्नुभयो , “स्वर्गको राज्य खमिर जस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।” साधारण सामाग्रीहरुको प्रयोग गर्दै साधारण मानिसहरुले पनि कसरी परमेश्वरको राज्यमा असाधारण प्रभाव पार्न सक्छन् भन्ने चित्रण देख्न सक्छौँ । जूमेले साधारण मानिसहरुलाई हाम्रो पुस्तामा विश्वासीहरुलाई संसारभरी वृद्धि गर्ने चेलाहरुद्दारा भर्नको लागि सुसज्जित पार्ने लक्ष्य राख्दछ ।
जूमेले सहभागीहरूलाई आधारभूत चेला बनाउने र साधारण मण्डली सुरु वृद्धि गर्ने सिद्धान्तहरू, प्रक्रियाहरू र अभ्यासहरूमा लैजान अनलाइन प्रशिक्षण प्लेटफर्म प्रयोग गर्दछ ।
जुमे तालिममा १० सेसनहरु हुन्छन् । प्रत्येक सेसन २ घण्टाको हुन्छ ।:
- तपाईँको झुण्डलाई चेला वृद्धि गर्नुको आधारभूतहरु बुझाउनको लागि भिडियो र अडियो हुन्छन् ।
- तपाईँको झुण्डलाई जे कुराहरु बाँडिएका छन् ती कुराहरु बुझ्नको लागि सामुहिक छलफलहरु ।
- तपाईँको झुण्डलाई सिकेका कुराहरु व्यवहारमा लगाउनको लागि साधारण अभ्यासहरु ।
- सेसनहरुकाबीचमा पनि निरन्तर सिक्न र हुर्कनको लागि सेसन चुनौतीहरु ।
कसरी सुरु गर्नेः
- लग इन बनाउनुभएको छैन भने कृपया बनाउनुहोस् ।
- ३-११ जना साथीहरुलाई निमन्त्रणा पठाउनुहोस् । तालिम अभ्यासको लागि कम्तिमा पनि ३-४ जना चाहिन्छ ।
- तपाईँको साथीहरुसँग भेला हुनको लागि समय तोक्नुहोस् ।
- इन्टरनेट चल्ने उपकरणको उपलब्धता भएको चिश्चित् गर्नुहोस् ।
तपाईँको पहिलो भेलाको लागि वैकल्पिक तयारीः
- जूमे निर्देशिका डाउनलोड गर्नुहोस् ।
- यदि चाहनुहुन्छ भने झुण्डका सबै सदस्यहरुका लागि प्रिन्ट गर्नुहोस् ।
- झुण्डको सबै जनाले देख्ने गरी टि.भी वा प्रोजेक्टरमा जोड्नुहोस् ।