जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
पुस्तौली मानचित्र (जसलाई जेनेरेशन म्यापिङ वा जेन म्यापिङ पनि भन्दछ) आन्दोलनका नेताहरूलाई उनीहरूको वरपरको वृद्धि बुझ्न मद्दत गर्ने अर्को सरल उपकरण हो। यसले फलदायी मण्डलीहरू देखाउन मद्दत गर्छ, जो निरन्तर लगानी र ध्यानको योग्य हुन्छन्। पुस्तौली मानचित्र कागजको एउटा
टुक्रा वा कागजका धेरै टुक्राहरूमा कोर्न सकिन्छ। यो मानचित्रले कुन ठाउँमा गुणन रोकिएको हो भन्ने कुरा देखाउन मद्दत गर्दछ र त्यो ठाउँमा प्रशिक्षणको आवश्यकता हुन सक्छ। आन्दोलनको स्वास्थ्य अगुवाहरुको लागि प्रमुख चिन्ताको विषय हो र फलदायीता स्वास्थ्य मापन गर्ने एक प्रमुख तरिका हो।
समूहका तत्वहरू
समूहको परिपक्वताको बारेमा मुख्य जानकारी पाँच सरल क्षेत्रहरू (चार क्षेत्र ढाँचा जस्तै कोरिएको) सँग लेख टिपोट (रेकर्ड) गर्न सकिन्छ:
प्रत्येक मण्डलीलाई अगुवाको नाम, स्थान र तिनीहरूको गठनको मितिले बर्गिकरण गरिएको छ। प्रत्येक मण्डलीसँग चार क्षेत्र रेखाचित्रका पाँच पक्षहरूसँग सम्बन्धित जानकारी पनि छ। माथिल्लो बायाँ चतुर्भुजले समूहमा कति गैर-मसीहीहरू छन् भनेर संकेत गर्छ। (यसमा पूर्णतया खोजकर्ताहरू समावेश हुन सक्छन् र अहिले सम्म मण्डली नभएको हुन सक्छ।) माथिल्लो दायाँ चतुर्भुजले समूहमा कति (बप्तिस्मा) लिएका विश्वासीहरू छन् भनेर संकेत गर्दछ। तल्लो दायाँ चतुर्भुजले जवाफदेहिता समूहहरूमा कति सहभागीहरू छन् भनेर संकेत गर्छ। तल्लो बायाँ चतुर्भुजले समूहले मण्डलीको रूपमा काम गरिरहेको छ वा छैन भनेर संकेत गर्छ। केन्द्रको भागले समूहका कति जना सहभागीहरूले अर्को पुस्ताका मण्डलीहरू सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भनेर संकेत गर्छ। यो पुस्तौली मानचित्रको जानकारी धेरै स्तरहरूमा उपयोगी छ। पहिलो कुरा, यो जानकारी पत्ता लगाउने प्रक्रियाले प्रत्येक तहमा उचित सल्लाह र सिक्षण भइरहेको छ भनी सुनिश्चित गर्न मद्दत गर्छ। दोस्रो, यसले व्यक्तिगत आध्यात्मिक परिवार र विस्तारित सञ्जालहरू (नेटवर्कहरू) दुवैको तागत र कमजोरीहरूको बारेमा संकेत प्रदान गर्दछ।सबल र दुर्बल पक्षहरूको ढाँचा अक्सर यस्तो मूल्याङ्कनद्वारा प्रकट गरिन्छ।
पुस्तौली मानचित्रको उदाहरण:
ध्यान दिनुहोस् कि यस पुस्तौली मानचित्रमा चार पुस्ताहरूले प्रतिनिधित्व गरेका छन्। यस मानचित्रको पहिलो पुस्तामा एउटा मात्र मण्डली छ। त्यहाँ दोस्रो पुस्ताका चारवटा मण्डलीहरू, तेस्रो पुस्ताका नौवटा र त्यसै गरि चौथो पुस्ताका चारवटा मण्डलीहरू छन्।
यदि तपाईं अहिले पुस्तौली मानचित्र बनाउन सक्नुहुन्न भने के तपाईं विश्वास छ कि परमेश्वरले तपाईं मार्फत एक दिन बनाउनु हुनेछ?
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।