जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
के तपाईलाई थाहा छ हाँसको चल्लाहरुको चेला बनाउनेसँग के सम्बन्ध राख्छ? के तपाईंले कहिल्यै हिंड्न बाहिर निस्केका हाँसको समूह देख्नुभएको छ? हाँसका चल्लाहरुले वास्तवमा चेला बनाउने महत्त्वपूर्ण सिद्धान्तलाई चित्रण गर्छन्। यदि तपाईं परमेश्वरको परिवार धेरै टाढा बढेको र विश्वासयोग्यतामा बढेको हेर्न चाहनुहुन्छ भने हाँसको चल्लाहरु जस्तै चेला बनाउने बारे सोच्नुहोस् - एकै समयमा अनुयायी र अगुवा बन्नुहोस्।
तपाईं संसारको जुनसुकै ठाउँमा भएपनि यो सधैं उस्तै देखिन्छ।
आमा हाँसले नेतृत्व गर्छे र उनका चल्लाहरू एक-एक गरी पङ्क्तिमा पछ्याउँछन्। आमा हाँसले नेतृत्व गर्छे। साना हाँसहरू पछ्याउँछन्। तर यदि तपाईंले अझ नजिकबाट हेर्नुभयो भने तपाईंले अरू केही भइरहेको देख्नुहुनेछ। प्रत्येक सानो चल्लाले वास्तवमा दुई भूमिका खेलिरहेको छ - ठ्याक्कै एकै समयमा:
त्यसो भए हाँसको चल्ला अनुयायी हो कि अगुवा? त्यो दुबै हो।
र यसैले "हिड्नको लागि बाहिर निस्केका" हाँसहरूसँग चेला बनाउन सबै कुरा हुन्छ। परमेश्वरले उहाँको परिवार धेरै बढेको चाहनुहुन्छ र त्यसैले उहाँले ठीक एकै समयमा प्रत्येक अनुयायी भएको अगुवा, प्रत्येक विश्वासी एक साझेदार भएको, र प्रत्येक चेला एक चेला निर्माता भएको अपेक्षा गर्नुहुन्छ।
चेलाहरु र चेला निर्माताहरूको रूपमा हामी फस्ने पासोहरू मध्ये एउटा पासो यो हो जब हामीले कुनै पनि कुरा बाँड्न अघि हामीले सबै कुरा वा धेरै कुराहरू जान्नु पर्छ भन्ने गलत विश्वासमा पर्छौं। तर शिष्यत्व यसरी काम गर्दैन। चेलाहरू हाँसका चल्लाहरू जस्तै हुन्। अगुवा बन्नका लागि सबै कुरा जान्नुपर्दैन।
तिनीहरू केवल एक कदम अगाडि हुनुपर्छ। परमेश्वरले उहाँको परिवारलाई विश्वासयोग्यतामा बढोस् भन्ने चाहनुहुन्छ र त्यसैले उहाँले ठीक एकै समयमा प्रत्येक अगुवालाई अनुयायी, प्रत्येक साझेदारीकर्तालाई विश्वासी र हरेक चेलालाई चेला निर्माता भएको अपेक्षा गर्नुहुन्छ। हामी चेलाहरु र चेला-निर्माताहरूको रूपमा फस्ने अर्को जाल यो हो जब हामी यो गलत कुरामा विश्वास गर्छौं कि कसैले, कतै सबै कुरा जान्दछन् र यदि हामीले तिनीहरूलाई फेला पार्छौं र पछ्याउँछौं भने हामी सफल हुन्छौं। तर शिष्यत्वो यसरी पनि काम गर्दैन।
परमेश्वरको राज्यमा, हामी सबैले पछ्याउने एउटा मात्र "आमा हाँस" छ ती येशू ख्रीष्ट हुनुहुन्छ। मिसनरी होइन। पास्टर होइन। सेमिनरीका प्राध्यापक होइन। केवल येशू हाम्रो विश्वासको पूर्ण मापनको योग्य हुनुहुन्छ।
हामी बाँकी "प्रक्रियामा" छौं। कोही येशूको नजिक सधैं हुनेछ जसलाई हामीले पछ्याउन सक्छौँ। र कोही सधैं टाढा हुनेछ जसलाई हामीले नेतृत्व गर्न सक्छौं। तर हाम्रो स्थिति जेसुकै भए पनि हाम्रो आँखा - र हाम्रो हृदय - सधैं पूर्ण रूपमा येशूमा स्थिर हुनुपर्छ।
बाइबलमा पावल, जसले धेरै नयाँ नियमहरु लेखेका थिए र धेरै पहिलेको मण्डलीहरू सुरु गरेका थिए, तिनीले केवल "मलाई पछ्याउनुहोस्" लेखेनन्। उनले लेखे, "मलाई पछ्याउनुहोस्, जसरी म ख्रीष्टलाई पछ्याउँछु।" पावललाई थाहा थियो जे हाँसका चल्लाहरूलाई जताततै थाहा छ र जे प्रत्येक चेलाले पनि जान्नुपर्दछ कि परमेश्वरको राज्यमा प्रत्येक अगुवा अनुयायी हुनुपर्दछ र हामी सबैले येशूलाई पछ्याउँछौं।
बाइबलमा पावलले यस्तो पनि लेखे: "तिमीहरूले मबाट सुनेका कुराहरू विश्वासयोग्य मानिसहरूलाई बाँड जो अरूलाई पनि सिकाउन सक्षम हुनेछन्।" पावललाई थाहा थियो कि जे हाँसका चेलाहरूलाई जताततै थाहा छ, त्यो प्रत्येक चेलाले पनि जान्नुपर्छ। परमेश्वरको राज्यमा प्रत्येक अनुयायी एक अगुवा हुनुपर्दछ र हामी सबैले येशूले जस्तै अरूको लागि आफ्नो जीवन अर्पण गर्दै नेतृत्व गर्नुपर्छ। यदि तपाईं परमेश्वरको परिवारलाई धेरै टाढा र वफादारीतामा बढेको देख्न चाहनुहुन्छ भने हाँसको चल्ला जस्तै चेला बनाउने बारे सोच्नुहोस् - ठ्याक्कै एकै समयमा अनुयायी र अगुवा बन्नुहोस्।
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।