जूमे प्रशिक्षणको सुरू गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
शान्तिको व्यक्तिले अनुयायी उत्पादन प्रक्रियालाई येशूका अनुयायीहरू थोरै र धेरै टाढा भएको ठाउँमा पनि छिटो रूपमा हुन मद्दत गर्न सक्छ। त्यो व्यक्ति को हुन सक्छ र तपाईंले फेला पारेको बेला कसरी थाहा पाउने भनेर जान्नको लागि तलको भिडियो हेर्नुहोस्।
जब तपाईं धेरै नभएको ठाउँमा चेला बनाउन चाहनुहुन्छ वा हुनसक्छ कोहि पनि अवस्थित छैन, तब शान्तिको व्यक्ति खोज्नु तपाईंले गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा हुन सक्छ।
शान्तिको व्यक्ति हो:
कोही जो तपाईंको कथा, परमेश्वरको कथा र येशूको सुसमाचार सुन्नको लागि खुला छ।
कोही जो अतिथि सत्कार गर्ने र तपाईंलाई आफ्नो घर वा कार्यस्थलमा वा परिवार र साथीहरूसँग कार्यक्रममा सामेल हुन स्वागत गर्दछ।
कोही जो अरूलाई चिन्छ (वा अरूबाट चिनिएको छ) र जो सानो समूह वा भीडलाई सँगै ल्याउन उत्साहित छ।
कोही जो वफादार छ र तपाईं गएपछि पनि आफूले सिकेको कुरा अरूसँग बाँड्छ।
शान्तिको व्यक्तिलाई पहिचान गर्ने तीन सरल तरिकाहरू:
समुदायका मानिसहरूबाट सिफारिसहरूको लागि आग्रह गर्नुहोस् -- "यहाँ भरपर्दो व्यक्ति को छ? के यो ठाउँमा अरूको बारेमा आफूभन्दा पहिले सोच्ने कोही छ?"
प्रार्थनाको हिंडाई गर्दा वा तपाईंको दैनिक रूपमा भेट्ने कसैको लागि प्रार्थना गर्न प्रस्ताव गर्नुहोस्
परमेश्वरले व्यक्तिको जीवनमा काम गरिरहनुभएको छ कि छैन भनेर हेर्न को लागि प्रत्येक कुराकानीमा आध्यात्मिक विचारहरू प्रस्तुत गर्नुहोस्
हामीले तिनीहरूलाई जसरी फेला पारे पनि याद राख्नुहोस् कि येशूले भन्नुभयो शान्तिको व्यक्ति एक व्यक्ति हो जोसँग हामीले हाम्रो चेला बनाउने समयको अधिकांश समय बिताउनु पर्छ।
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।