भाषा


English English
العربية Arabic
العربية - الأردن Arabic (Jordanian)
العربية التونسية Arabic (Tunisian)
Armenian Armenian
Sign Language American Sign Language
বাংলা Bengali (India)
भोजपुरी Bhojpuri
Bosanski Bosnian
中文(繁體,香港) Cantonese (Traditional)
中文(简体) Chinese (Simplified)
中文(繁體) Chinese (Traditional)
Hrvatski Croatian
Français French
Deutsch German
ગુજરાતી Gujarati
Hausa Hausa
हिन्दी Hindi
Bahasa Indonesia Indonesian
Italiano Italian
ಕನ್ನಡ Kannada
한국어 Korean
کوردی Kurdish
ພາສາລາວ Lao
𑒧𑒻𑒟𑒱𑒪𑒲 Maithili
മലയാളം Malayalam
मराठी Marathi
नेपाली Nepali
ଓଡ଼ିଆ Oriya
فارسی Persian/Farsi
Polski Polish
Português Portuguese
ਪੰਜਾਬੀ Punjabi
Русский Russian
Română Romanian
Slovenščina Slovenian
Soomaali Somali
Español Spanish
Kiswahili Swahili
தமிழ் Tamil
తెలుగు Telugu
ไทย Thai
Türkçe Turkish
اردو Urdu
Tiếng Việt Vietnamese
Yorùbá Yoruba

3 सर्कल सुसमाचार प्रस्तुति

परमेश्वरको कथा बाँड्ने धेरै तरिकाहरू छन्। सबै भन्दा राम्रो तरिका तपाईंले जो व्यक्तिसँग बाँड्नु हुन्छ र तिनीहरूको संसार र जीवन अनुभवहरू बारे तिनीहरूको दृष्टिकोणमा निर्भर हुनेछ। परमेश्वरले सुन्न इच्छुक हृदयहरूमा  बाँड्न इच्छुक हृदयहरू प्रयोग गरेर काम गर्नुहुन्छ। यो उहाँको काम हो। उहाँले हामीलाई सामेल हुन आमन्त्रित गर्नुहुन्छ।

परमेश्वरको कथा बाँड्ने एउटा तरिका भनेको एउटा साधारण रेखाचित्र बाँड्नु र वर्णन गर्नु हो जसलाई हामी तीन सर्कल भन्छौं।

यो भिडियो हेर्नुहोस्

हामी सबै धेरै टुटेको संसारमा बाँचिरहेका छौं 

हामी पीडा, मृत्यु, युद्ध, रोग, लतका कथाहरू देख्छौं र सुन्छौं। यो जताततै छ। तर यो परमेश्वरको मौलिक रचना होइन। 

परमेश्वरको उत्तम रचना प्रेम, आनन्द, एकता र शान्तिले भरिएको संसार हो।

बाइबलले जसलाई “पाप” भन्छ, हामीले त्यसको माध्यमबाट आफूलाई परमेश्‍वरको सिद्ध बनावोटबाट बाहिर निकालेर टुटेको अवस्थामा ल्यायौ।  

पाप भनेको परमेश्‍वरको मार्गबाट ​​फर्केर हाम्रो आफ्नै मार्ग पछ्याउनु हो। पापले हामीलाई परमेश्वरबाट अलग गर्छ। पापले हामीलाई टुटेको अवस्थामा फाल्छ। पापले हामीलाई आत्मिक मृत्युतर्फ लैजान्छ।

मानिसहरु टुटेको अवस्थाबाट बाहिर निस्कन चाहन्छन्। हामी बाहिर निस्कन सबै प्रकारका विभिन्न चीजहरू प्रयास गर्छौं। हामी मध्ये कोहीले ड्रग्स र रक्सी कोसिस गर्छौं।कोही राम्रो काम वा धेरै पैसा कमाएर बाहिर निस्कने प्रयास गर्छौं। कसैलाई लाग्छ कि सम्बन्धले तिनीहरूलाई बाहिर निकाल्छ। कतिपयले विभिन्न धर्मको पनि गर्छन् - हामीलाई सोच्छौं राम्रो व्यवहार वा अरूलाई मद्दत गर्दा स्वतन्त्र मिल्छ भनेर।

यी मध्ये कुनै पनि चीजले वास्तवमा टुटेकाको अवस्थाको समस्यालाई समाधान गर्दैन। हामी एक क्षणको लागि टाढा जान्छौं जस्तो महसुस गर्छौं तर एकै छिनमा जहाँबाट सुरु गरेको हो त्यहि फर्कन्छौं। यहाँ एक कठिन सत्य छ।जब यो जीवन समाप्त हुन्छ, यदि हामी अझै पनि त्यहाँ छौं - अझै टुटेको अवस्थामा छौँ भने तब बाइबलले भन्छ हामी स्थायी रूपमा परमेश्वरबाट अलग छौं। सधैंभरि।

बाइबलले त्यस ठाउँलाई “नरक” भन्छ।

तर परमेश्वरले हामी टुटेको अवस्थामा बस्न चाहनुहुन्न।

बाइबलले भन्छ- परमेश्वरले हामीलाई यति धेरै माया गर्नुभयो कि उहाँले आफ्नो छोरालाई हाम्रो लागि बाटो बनाउन पठाउनुभयो। येशू हाम्रो पाप मेटाउन र हामीलाई टुटेको अवस्थाबाट टाढा लैजान पृथ्वीमा आउनुभयो।

त्यसैले परमेश्वरको पुत्र येशूले आफ्नो मृत्युद्वारा हाम्रो पापलाई रद्द गर्नुभयो।

येशू मर्नुभयो र गाडिएको तेस्रो दिनमा, उहाँ मृत्युबाट बौरी उठ्नुभयो। उहाँको महान बलिदानको कारणले गर्दा परमेश्वरले येशूलाई स्वर्ग र पृथ्वीमा भएका सबै कुराको राजा बनाउनुभयो। 

राजा येशूले हाम्रो लागि टुटेको अवस्थाबाट बाहिर निस्कने बाटो बनाउनुभयो। परमेश्वरले भने कि यदि…

... हामी हाम्रो पापबाट फर्कन्छौं ...

... र विश्वास गर्छौं कि येशू हाम्रो लागि मर्नुभयो ...

... र पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा लिएका छौँ ...

त्यसोभए परमेश्वरले हामीलाई उठाउनुहुन्छ -- येशू जस्तै -- परमेश्वरको परिवारको हिस्साको रूपमा नयाँ प्रकारको जीवनमा हिंड्न -- सदाको लागि।

त्यसपछि हामी यो नयाँ जीवनलाई टुटेको संसारमा नमूना बनाउँछौं र येशूको पुनरागमनको प्रतीक्षा गर्छौं जब उहाँले नयाँ स्वर्ग र नयाँ पृथ्वी बनाउनुहुनेछ जहाँ हामी उहाँसँग सधैंभरि पूर्णतामा रहन सक्छौं।

परमेश्वर हामी उहाँसँगको सम्बन्धमा बढेको चाहनुहुन्छ। परमेश्‍वरले हामीलाई उहाँको मूल सिद्ध बनावोटमा पुनर्स्थापित भएको चाहनुहुन्छ।

परमेश्वरको परिवारको एक भागको रूपमा येशूले हामीलाई एउटा उद्देश्य दिनुहुन्छ जुन बाँच्नको लागि एक कारण हो  र उत्तम सम्भव जीवन बिताउने तरिका।

हाम्रो लागि येशूको उद्देश्य हो जानु।

जसरी येशूका पिता परमेश्वरले उहाँलाई अरूलाई टुटेको अवस्थाबाट मुक्त गर्न र परमेश्वरको परिवारमा सदाको हिस्सा बन्न मदत गर्न पठाउनुभयो, त्यसरी नै उहाँले हामीलाई पनि पठाउनुहुन्छ।  

यो तीन सर्कल संसारमा, त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन् - 

मानिसहरू जो परमेश्वरको उत्तम बनावोटको एक हिस्सा हुन् जो परमेश्वरको उद्धार उधेश्यलाई परमेश्वरलाई उहाँको सदाको परिवारसँग पुन: जडान गर्न मद्दत गर्दै बाँचिरहेका।

वा…

मानिसहरू जो अझै पनि टुटेको अवस्थामा छन् र मुक्त हुन सबै कुरा प्रयास गर्दैछन् र कसैले तिनीहरूलाई बचाउने आशामा छन्।  

परमेश्वरको कथा बाँड्ने धेरै तरिकाहरू छन्। महत्त्वपूर्ण कुरा बाँड्नु हो। परमेश्वरले सुन्न इच्छुक हृदयहरूमा बाँड्न इच्छुक हृदयहरू प्रयोग गरेर काम गर्नुहुन्छ। यो उहाँको काम हो। उहाँले हामीलाई सामेल हुन आमन्त्रित गर्नुहुन्छ।

आफैलाई सोध्नुहोस्

जूमे प्रशिक्षणको सुरू गर्नुहोस्

केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।