सबै भन्दा ठूलो आशिष्सम्बन्धि दर्शन बाँड्ने


यस सेसनमा हामी परमेश्वरको ठूलो, अति ठूलो, र सबै भन्दा ठूलो आशिस र उक्त आशिस अरुसँग कसरी बाँड्ने भन्ने सम्बन्धमा कुरा गर्नेछौँ । जब कसैले येशू ख्रीष्टलाई पछ्याउने निर्णय गर्छन् तब उनलाई कसरी सही मार्गमा हिँड्न सहायता गर्ने ? 

परमेश्वरको राज्यमा उनीहरु उपभोक्ता मात्र होइन तर उत्पादक हुन कसरी सहायता गर्ने ? 

परमेश्वरको दिन चाहनुभएको आशिस पाउन कसरी सहायता गर्ने ? 

म उनीहरुलाई यी कुराहरु भनेर शूरु गर्छु :

तपाईँले येशू ख्रीष्टलाई पछ्याउने निर्णय गर्नुभएको छ र परमेश्वरले तपाईँलाई आशिस दिनुभएको छ । 

तपाईँले पनि परमेश्वरको ठूलो आशिस, अझ ठूलो, र सबै भन्दा ठूलो आशिस पाउनुभएको म चाहन्छु । के म तपाईँलाई यो आशिस कसरी पाउने देखाउन सक्छु ? 

यदि उनीहरु अझ बुझ्न चाहन्छन् भने म उनीहरुलाई उनीहले चिन्ने १०० जना व्यक्तिहरुको सूची बनाउन  लगाउँछु ।  

अनि तीमध्ये ५ जना छान्न लगाउँछु– येशू ख्रीष्टलाई नचिनेका ५ जना व्यक्तिहरु जोहरुसँग उनीहरुलाई तत्कालीन सुसमाचार सुनाउन मन लागेको छ । 

येशू ख्रीष्टलाई पछ्याउनु आशिसित कुरा हो । यो आशिस तपाईँ अरु कोसँग बाँड्न चाहनुहुन्छ ? 

म उनीहरुलाई आफ्नो गवाही बाँड्न सिकाउँछु – उनीहरुको जीवनमा परमेश्वरले के गर्दै हुनुहुन्छ । म उनीहरुलाई सुसमाचार सुनाउन सिकाउँछु । म उनीहरुलाई परमेश्वरको ठूलो, अझ ठूलो, र अति ठूलो आशिस बाँड्न सिकाउँछु । 

उनीहरुले सुमाचार सुनाउन मन लागेका पाँचै जना व्यक्तिहरुलाई सुनाउन  एक–एक पटक म उनीहरुलाई अभ्यास गर्न लगाउँछु । पहिले आफ्नो कथा, त्यसपछि, परमेश्वरको कथा, अनि परमेश्वरको आशिस ।  

प्रत्येक चोटि म उनीहरुले छानेको व्यक्तिहरुमध्ये एकजना बन्दिन्छु । 

हरेक पटक, उनीहरुले आफ्नो कथा बाँड्छन् ।  उनीहरुले परमेश्वरको कथा बाँड्छन् । उनीहरुले मलाई पनि परमेश्वरलाई पछ्याउन निमन्त्रणा दिन्छन् ।  उनीहरुले परमेश्वरको ठूलो, अझ ठूलो, अति ठूलो आशिसको बारेमा सिकाउँछन् । 

हरेक पटक, उनीहरुले कथा सुनाएको व्यक्तिले सोध्न सक्ने सम्भावित प्रश्न सोध्ने र प्रतिक्रिया दिने म गर्छु  । हामीले अभ्यास गरिसकेपछि मलाई फेरि भेट भन्छु – सम्भव भए, दुई दिन पछि– कथा बाँड्ने कुरा कस्तो हुँदैछ थाहा पाउनको लागि । 

म उनीहरुलाई ५ जनालाई भेट्न पर्र्याप्त समय दिन्छु, तर धेरै लामो समय पनि होइन ताकि उनीहरुले पछि सुनाउँछु भनेर वेवास्ता गरोस् वा विर्सोस् । 

उनीहरुसँग सम्पर्कमा रहनको लागि म सँधै फोन नं, इमेल ठेगना वा अन्य माध्यम माग्छु । 

उनीहरुले मसँग बाँडेको जस्तै गरी बाँड्न सकोस् भनि सही शब्दहरुको लागि म उनीहरुसँग प्रार्थना गर्छु । 

दुई दिन पछि, हामी फेरि भेट्छौँ र के कस्तो हुँदैछ, छलफल गर्छौँ । 

यदि उनीहरुले बाँडिसकेको छैन भने फेरि अभ्यास गर्ने मौका दिन्छु । ५ जनामध्ये त्यही बेला कोही उपलब्ध हुनसक्छ भने उसलाई बाँड्न जान म पनि सँगै जाने प्रस्ताव राख्छु । बाँड्न शूरु गर्नको लागि मेरो तर्फबाट म सबै कुरामा सहायता गर्छु । 

तर म नयाँ कुराहरु गर्दिनँ । उनीहरुले पहिला नै सिकिसकेका कुराहरु विश्वासयोग्यसाथ अभ्यास गर्न मौका दिन चाहन्छु । 

यदि उनीहरुले इन्कार गर्छन् भने म परमेश्वरलाई सोध्छु, कि  यो साँच्चै “असल जमिन” हो कि होइन जहाँ मैले लगानी गरेर उहाँको राज्यमा फल फल्नसक्छ, वा मैले अरु नै ठाउँमा लगानी गर्नुपर्ने पो हो कि । 

यदि उनीहरुले बाँडेका छन् भने हामी उत्सव मनाउँछौँ । 

यदि सूचीमा भएका कसैले विश्वास नगरे तापनि म उत्साहित हुन्छु कि तिनीहरुले सुने, आज्ञा पालन गरे, र बाँडे । त्यो विश्वासयोग्यता हो ।  

तिमी सानो कुरामा विश्वासयोग्य भएको कारण म तिमीसँग अझ बढी बाँड्नेछु । 

म बप्तिस्माको बारेमा बाँड्छु र उनीहरुलाई प्रयोग गर्नको लागि अर्को उपकरण दिन्छु जस्तै ___वा ___ । 

उनीहरुलाई १०० जनाको सूचीबाट अरु व्यक्तिहरु छान्न लगाउनुहोस् जसले येशूलाई चिन्दैनन् र पछ्याउँदैनन् । 

म फेरि उनीहरुसँग अभ्यास गर्छु – पहिलेको जस्तै – उनीहरुको कथा, परमेश्वरको कथा र परमेश्वरको आशिस । अनि हामी प्रार्थना गर्छौँ ।

यदि उनीहरुको उक्त सूचीमा भएको कसैले विश्वास गर्यो भने हामी साँच्चै उत्सव मनाउँछौँ ।

परमेश्वरको परिवार ठूलो हुँदैछ । 

म सँधै उनीहरुलाई ठूलो, अझ ठूलो, अति ठूलो आशिसको बारेमा बाँडयौ कि बाँडेनौ भनि सोध्छु किनकि यही कुराले परमेश्वरको परिवार वृद्धि हुँदछ । 

यदि उनीहरुले परमेश्वरको आशिसको बारेमा बाँडेका छैनन् भने हामी फेरि सिक्छौँ – आशिसको बारेमा, येशूलाई पछ्याउने नयाँ व्यक्तिहरुले कसरी सूची बनाउने कुरा, कसरी उनीहरुले आफ्नो कथा, परमेश्वरको कथा, र अशिस बाँड्ने कुरा – यी सबै कुरा नयाँ विश्वासीले सिकोस् र बाँडोस् भनेर हो । 

अभ्यास गरिसकेपछि, म तिनीहरुलाई निन्तर अभ्यास होस् भनि  फेरि ती नयाँ विश्वासीहरुकहाँ पठाउँछु । 

उनीहरुको सूचीमा भएको कसैले उनीहरुले बाँडेको कारण विश्वास गर्यो र आशिस बाँड्यो भने नि ? 

जब उसो हुन्छ म अति आनन्दित हुन्छु । 

यस व्यक्ति परमेश्वरको वचनमा भनिएको “असल जमिन” हो – मैले पहिला कहिल्यै नदेखेको असल तरिकाले परमेश्वरको परिवार बढाउने व्यक्ति !

जब – जब मैले यस्तो व्यक्ति भेटाउँछु, म उनीहरुसँग बारम्बार भेट्ने योजना बनाउँछु । उनीहरुको आत्मिक विकासको लागि म धेरै लगानी गर्छु । 

म उनीहरुलाई नयाँ विषयमा सिकाउँछु जस्तै बप्तिस्मा र ३÷३ झुण्ड बनाउने तरिका । अब उनीहरुले आत्मिक परिवार वृद्धि गर्न सक्छन् – ती नयाँ विश्वसीहरुबाट शूरु गरेर । 

उनीहरु विश्वासयोग्य भएका कारण म जति सक्दो धेरै बाँड्न र परमेश्वरले त्यसपछि के गर्नुहुन्छ भनि हेर्न उत्साहित हुन्छु । सधैँ एक–एक पाइला गरी । सधैँ उनीहरुलाई सिक्ने, आज्ञा पालन गर्ने, र सिकेको कुरा बाँड्ने मौका दिँदै । 

म यस व्यक्तिको लागि प्रार्थना पनि गर्छु – जति धेरै सक्छु – उनीहरुसँग बाँड्ने र सिक्ने मौकाको लागि परमेश्वरलाई धन्यवाद दिन्छु र सधैँ परमेश्वरसँग उनीहरुको लागि उत्तम आशिस माग्छु ।